काठमाडौं ।
कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. रामहरी चापागाईं राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८० बाट सम्मानित हुनु भएको छ । विभिन्न एघार विधा, क्षेत्र र निकायगत आधारमा प्रदान गरिने यो पुरस्कार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा डा. चापागाईले पाउनु भएको छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार स्वास्थ्य, वनतथा वातावरण, उर्जा जलश्रोत तथा सिचाइ, उच्च शिक्षा (प्राज्ञिक), कृषि तथा पशुपन्छी खानेपानी, उदीयमान प्रविधि, विद्यालय शिक्षा (विज्ञान शिक्षक), विज्ञान तथा प्रविधि पत्रकारीता र नीजि क्षेत्र विधामा पुरस्कृत गरिने छ ।
पुरस्कृत हुने अन्य व्यत्तित्वहरुमा रोशनी लक्ष्मी तुईतुई, डा. गौरव पारमर, डा. किरण गौतम, डा. सुचिता श्रेष्ठ, डा. रामवहादुर खड्का, प्राा.डा. जनार्दन लामिछाने, डा. रजित ओझा, डा. गणवहादु बज्राचार्य, राधारमण झा, इन्दिरा अर्याल, विजय यादव, श्याम वदन श्रेष्ठ र रविन श्रेष्ठ छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विज्ञान प्रविधि मन्त्रालयले जानकारी दिए अनुसार एघारौ राष्ट्रिय विज्ञान दिवशको अवरमा यो पुरस्कार असोज १ गते वितरण गरिदैछ ।

डा. चापागाईंलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार
Prev Post
एक पटक पढ्नुहोस