After header

पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष तिमल्सिना माथि गोली ठोक्ने धम्की

काभ्रे । नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार, नी वर्तमान अध्यक्ष तथा विभिन्न संचारमाध्यममा आवद्द कृयाशिल संचारकर्मी मोतीराम तिमल्सिनालाई गोली ठोक्ने धम्की आएको छ । मलद्वारमा सून लुकाई तस्करी गरेको सन्र्दभको समाचार प्रकाशन गरेको भन्दै नेपाली काँग्रेस काभ्रेका नेता कार्यकर्ताहरुले गोली ठोक्ने धम्की दिएका छन् ।

काँग्रेस काभ्रेका नेता कार्यकर्ताहरुले पत्रकार तिमल्सिनालाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

‘समाचार किन लेखेको ? समाचारमा किन सभापतिको नाम जोडेको भन्दै गोली ठोक्ने र तरबारले छिमोल्ने धम्की दिईएको छ’–पत्रकार तिमल्सिनाले भने–‘धम्की दिनेमा नेपाली काँग्रेस निकट तरुण दलका जिल्ला सभापति सुजन लामा, नेविसंघका जिल्ला नेता सुरज तिमल्सिना, बाबु राज लगायतका दर्जनौ नेता कार्यकर्ताहरुले चरित्र हत्या हुने गरी तथ्यहिन कपोलकल्पित र भ्रामक स्टाटस समेत पोस्ट गरेका छन् ।’

गोलि ठोक्ने धम्की आएपछि प्रहरीमा उजुरी 

संचारकर्मी तिमल्सिनाले सामाजिक सञ्जालमा आफुलाई गोली ठोक्ने धम्की आएपछि आफू र परिवार माथीको जनधनको सुरक्षा गरि दोषिलाई कानून बमोजिम कारवाही गरि पाउँ प्रहरीमा उजुरी दिएका छन् ।

उनलाई आएको धम्की पछि प्रेस चौतारी नेपाल काभ्रे र केन्द्रले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी लोकतान्त्रिक पद्धतिमा पत्रकार माथी हुने यस्ता धम्कीको निन्दा सहित धम्की दिनेहरू माथी कारबाहीको माग गरेका छन् । समाचार झुटो लागे उचित कानुनी प्रावधान हुँदा हुँदै पनि पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गर्नु सामाजिक रूपमा आक्रमण गर्नु लोकतान्त्रिक तथा राजनीतिक संस्कार विरोधी गतिविधि भएको र यस्ता गतिविधि जनताकै हितको पक्षमा नभएर केवल गुण्डागर्दी शैली मात्रै हावी भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले पनि निकालेर तिमल्सिनाको ज्यान रक्षाको माग गरेको छ ।

एक पटक पढ्नुहोस