After header

बेथानचोक ३ नं वडाद्वारा किसानलाई क्यान वितरण

काभ्रे बेथानचोक गाउँपालिका वडा नं ३ ले दूग्ध उत्पादक कृषकहरुलाई क्यान वितरण गरेको छ । बेथानचोक गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० मा स्वीकृत वडा स्तरीय योजना कृषि र पशुपालन लक्षित कार्यक्रम अन्तर्गत ८५ प्रतिशत अनुदानमा दूधको क्यान वितरण गरिएको हो । 

दुग्ध उत्पादक कृषकहरुलाई दुग्ध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यका साथ बेथानचोक गाउँपालिका वडा नं ३ का १५० जना कृषकहरुलाई एक कार्यक्रमका बिच क्यान वितरण गरिएको वडा अध्यक्ष कुवेर ढकाले जानकारी दिए । 

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, प्रमुख प्रकासकीय अधिकृत टेक बहादुर बुढथापा बेथानचोक २ नं वडा अध्यक्ष पुरुषेत्तम तिमल्सिना, ५ नं वडा अध्यक्ष राजकुमार वाईबा लगायतको उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस