काठमाडौं/ नेपाली काग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले आफुले चुनाव हार्नुको प्रमुख कारण पार्टी भित्रको असहयोग रहेको बताएका छन् । गत संसदीय निर्वाचनमा नेकपा एमालेका गोकुल बास्कोटा संग पराजित भएका हुमागाईले केन्द्रिय समिति बैठकमा पार्टीभित्रका जिम्मेवार नेताहरु नै आफुलाई हराउन दिन रात खटेको आरोप लगाएका छन् ।
बैठकमा हुमागाईले काग्रेस भित्र अनुशासनलाई निर्ममता पुर्वक लागु गर्नुपर्ने धारणा राख्दै आफु निर्वाचन हार्नुको प्रमुख कारण पनि पार्टी भित्रका केहि नेताहरुको अनुशासनहिनता कार्य भएको बताए । पार्टी भित्र अनुशासन उलंघन गर्नेलाई कडाईका साथ कार्वाहि गर्नु हुमागाईको भनाई थियो ।
‘सभापति ज्यू गत निर्वाचनमा म मुलुककै सबैभन्दा बदनाम मान्छे संग चुनाव लडेको मान्छे, पार्टीका जिम्मेवार नेताहरुले त्यहि बदनाम भएको मान्छेलाई सघाए मलाई सघाएनन’ हुमागाईले भने– म अत्यन्तै गम्भिर भएर भन्छु अनुशासनलाई कडाईका साथ अघि बढाईएन भने यो पार्टी अगाडी जान सक्दैन ।
केन्द्रिय सदस्य हुमागाईले बैठकमा धारणा राख्ने क्रममा स्थानीय तहमा नेपाली काग्रेसको उत्साह नभएको भन्दै निराशा छाएको बताए । अहिले समाजको लागि सोच्ने भन्दा पनि आफु कसरी बाच्ने भन्ने सोच्ने बेला आएको बताए । यसको प्रमुख कारण विगतमा राम्रो नीति बनाउन काग्रेस चुकेको भन्दै केन्द्रिय सदस्य हुमागाईले आउदो महासमिति बैठकमा काग्रेसलाई बलियो बनाउने नीति बनाउनु पर्ने धारणा पनि सुझाव दिएका छन् ।
केन्द्रिय सदस्य हुमागाईले अहिले महङ्गी कहालिलाग्दो रुपमा बढेको भन्दै नेपाली जनता बाच्न नसक्ने अवस्थामा पुगिसकेको स्मरण गराएका थिए । युवाहरु पलाएन दिन दुइगुणा रात चौगुणा बढेकोले भन्दै उहाले केहि वर्ष पछि नेपालीहरुको अस्तीत्व मात्र हैन हाम्रो वंशज नै हराउने अवस्था आएको पनि केन्द्रिय बैठकमा धारणा राराखेका थिए । काग्रेस नेता बालकृष्ण खाणको कहि कतै दोष नभए पनि फसाईएको नेता हुमागाईको भनाई थियो ।