After header

जिल्ला कार्यसमितिले ग¥यो हुमागाईलाई बधाई तथा सम्मान

       काभ्रे/  नेपाली काग्रेस काभ्रे जिल्ला कार्यसमितिले शिव प्रसाद हुमागाईलाई एक कार्यक्रमको बिच बधाई तथा सम्मान गरेको छ । नेपाली काग्रेसको केन्द्रिय सदस्यमा मनोनित हुमागाईलाई आज बिहिबार पार्टी कार्यालय काभ्रेको बनेपामा आयोजित कार्यक्रममा जिल्ला सभापति तिर्थ लामा लगायतले उनलाई बधाई एवं सफल कार्याकलको शुभकामना दिएका छन् ।

कार्यक्रममा केन्द्रिय सदस्य हुमागाईले मलाई जुन विश्वासले पार्टीले केन्द्रिय सदस्यमा मनोनित गरेको छ यसका लागि धन्यवाद भन्दै काग्रेसको शाख जोगाने र काभ्रेमा काग्रेस पार्टीलाई मजबुत बनाउन आफू सधैव लाग्ने बताए । काग्रेस भएर बिचलीत बन्न कसैलाई दिन्न, मेरो एकमुठी शास रहुन्जेल काभ्रेमा काग्रेस हुँ भनेर शिर ठाडो बनाएर हिड्ने बनाउछु उनले भने ।

काम गदै जाँदा र नेतृत्वमा जो कोही हुदाँ पनि सानातिना समस्या आउछ, तर यस्ता समस्यामा नआतिकन समधान गदै जाने र जनताको समस्यालाई समधान गदै जानु नै नेतृत्ववर्गको कर्तव्य रहेको उनले बताए । केन्द्रिय सभापतिले जुन मलाई विश्वास गरेर पुन केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको यसलाई ऋणी सम्झेर आफूले यस ऋणको सदुपयोग गरी काभ्रे काग्रेसलाई भोलिका दिनामा झनै मजबुत बनाएर अगाडि बढ्ने हुमागाईको भनाई थियो ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति एवं बागमती प्रदेशका खानेपानी मन्त्री तिर्थ लामाले काभ्रेमा काग्रेस कमजोर नहुने बताए । हुमागाईलाई बधाई दिदै मन्त्री लामाले नेपाली काग्रेस काभ्रेका अभिभावक हाम्रो प्रेरणका स्रोत शिव दाई केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ , उहाँ विकास प्रेमी र काभ्रेका जनताको ढुकढुक्की हुनुहुन्छ ।

उहाँले भने जस्तै काग्रेस भएर कोही बिचलीत हुन पदैन्, यसका लागि हामी जिल्ला कार्यसमिति सधैव जनताको सुःखदुःखमा हातेमालो गरेर अघि बढ्ने समेत उनले बताए । यहाँ मान्छे मन नपरेपछि पार्टीको बदनाम गर्न प्रवृति छ, यसको अन्त्य गदै नेपाली काग्रेस काभ्रे सधै काभ्रेली जनताको हकहितकै पक्षमा रहेने मन्त्री लामाले बताए ।्

एक पटक पढ्नुहोस