After header

अफ्रिकाको उच्च शिखरमा निजामती बाट बमबहादुरको कीर्तिमानी

काभ्रे । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा नायब सुब्बाको रूपमा कार्यरत बमबहादुर सिर्पालीले अफ्रिकी मुलुकको सर्वोच्च शिखर किलिमन्जरो पुगेर निजामती तर्फ कीर्तिमानी रचेका छन् ।    रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० का बमबहादुर सिर्पालीले अफ्रिका महादेशको सबै भन्दा उच्च शिखर किलिमन्जरोमा तान्जनियाको स्थानीय समय अनुसार २७ सेप्टेम्बर २०२३ को बिहान ६ बजेर १८मिनेट मा आरोहण गर्न सफल भएका छन्। उनी महालेखा नियन्त्रक कार्यलय अनामनगर, हाल खानीखोला गाउँपालिका काभ्रेमा नायव सुब्वामा कार्यरत छन्। उनको कीर्तिमानी लाई नेपालको निजामती कर्मचारीकै रूपमा उक्त शिखर आरोहण गर्ने पहिलो आरोही भएको दाबी गरिएको छ ।

कीर्तिमानी दाबी दाबी गर्दै सिर्पाली भन्छन्- ‘यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देश तथा विदेशदेखि सहयोग गर्नुहुने सम्पुर्र्ण सहयोगी मनहरूमा कृतज्ञता प्रकृट गर्न चाहन्छु।’ नेपाल र नेपालीलाई र निजामती क्षेत्रलाई चिनाउने मेरो प्रयत्न हो ।’ राष्ट्र र राष्ट्रियता लाई चिनाउने प्रयत्न निरन्तर रहनेछ । ‘

एक पटक पढ्नुहोस