After header

इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौ । इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको हो ।

गए राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

एक पटक पढ्नुहोस