मुम्बई, २० पुस । सुपरहिट फिल्म ‘बाहुबली’की देवसेना अर्थात अनुष्का शेट्टी अब नयाँ भूमिकामा देखिने भएकी छिन् ।
‘बाहुबली’मा आटिली, हिम्मतवाली भूमिकामा देखिएकी अनुष्का अहिले डरपोख भूमिकामा देखिने भएकी हुन् ।
अनुष्का अहिले नयाँ चलचित्र ‘भागमती’ अभिनयरत छिन् । यो चलचित्रमा उनी ‘बाहुबली’को उल्टो क्यारेक्टरमा देखिदै छिन् । यसमा उनको लुकले समेत दर्शकलाई हैरान पार्न सक्छ ।
यो एक पीरियड चलचित्र हो । जसको एक झलक अहिले सार्वजनिक गरिएको छ । जसमा अनुष्काको एक हातमा हतियार अर्काे हातमा घाउ देखाइएको छ ।
उनका यो अवतार निकै डराउने खालको रहेको छ ।