After header

जिप दुर्घटना, आठ महिने शिशुसहित चार जनाको मृत्यु

काठमाडौडोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप राति साढे २ बजेतिर डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बाजुराकाे हिमाली गाउँपालिकाकी २२ वर्षीया राधिका मलाल, साेही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा र उनका छाेरा ६ वर्षीय कविन्द्र बुढा तथा साेही ठाउँकी विमला मलालकी आठ महिनाकी छाेरी प्रार्थना मलाल रहेका प्रहरीले जनाएकाे छ ।

घाइते भएका पाँच जनाको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेकाे प्रहरीका भनाइ छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

एक पटक पढ्नुहोस