काभ्रे/ काभ्रेको पनौती नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धी चारदिने तालिम शुरु भएको छ । श्री कालीजंग गण धुलिखेलको आयोजना र पनौती नगरपालिकाको सहयोगमा पनौती नगरपालिकाको सभाहलमा चारदिने सामुदायिक विपत प्रतिकार्य तालिम शुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले बोल्दै तालिमबाट युवाहरुलाई सम्भावित विपदबाट आफू बच्न र समुदायलाई बचाउन प्रभावकारी हुने बताएका थिए । तालिमले विपदमा परेका नागरिकको जीउँधनको सुरक्षामा ठूलो मद्दत पु¥याउने छ, उनले भने,‘विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी रहेको बताउदै आयोजक श्री कालीजंग गण धुलिखेललाई धन्यवाद ब्यक्त गरेका थिए ।

यस्ता तालिम सिकेर भोलिका दिनमा आईपर्ने परिस्थिीतिलाई समधान गर्न सहज हुने उनको भनाई थियो । बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा रहेको र मानब र जीवन रक्षाको लागि सो तालिम फलदायी हुने नगर प्रमुख भण्डारीले बताए ।
तालिममा विपद्का बेला बाहिरी रेस्कु टिम नपुग्दासम्मको लागि स्थानीयस्तरमा स्थानीय सामग्रीको प्रयोग गरेर गर्न सकिने विपद् प्रतिकार्यको बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइने कालिजंग गणका प्रमुख प्रकाश बहादुर सिंहले जानकारी दिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिता बञ्जारा, श्री कालिजंग गण धुलिखेलका प्रमुख कर्णेल प्रकाश बहादुर सिंह, सेनानी विष्णुभक्त श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

विभिन्न सम्भाबित विपद् जोखिमका बारेमा सचेतना, विपद जोखिम न्यूनीकरका उपायहरुका बारेमा जानकारी तथा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका अनुरुप पनौती नगरपालिकाको सभाहलमा आयोजना गरिएको तालिममा पनौती नगरपालिकाको १ देखि १२ वडा र अन्य गरी चारदिन सम्म चल्ने तालिममा २० जना सहभागी रहेका छन् ।
