After header

अन्तरजातिय बिबाह गर्ने जोडीलाई एक लाख

मुगुमुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातिय विवाह गर्ने जोडि लाई पोत्साहन स्वरुप एक लाख रकम उपलब्ध गराएको छ । छाँयानाथ रारा नगरपालिका–१० चराप गाँउका देविकृष्ण कामीको जोडीले अन्तर जातिय बिबाह गरे पछी उनको जोडि लाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहन बापत एक लाख रुपैया उपलब्ध गराएको हो ।  

छाँयानाथ रारा नगरपालिकाको आर्थिक बर्ष ०७९। ०८० को निति तथा कार्यक्रम अनुसार नगर प्रमुख स्वरोजगार कार्यक्रम अन्तरगर्त अन्तर जातिय बिबाह गर्ने पहिलो पटक जोडीलाई छाँयानाथ रारा नगरपालिकाले एक जोडीलाई प्रोत्साहन बापत एक लाख उपलब्ध गराएको हो ।

सोरु गाँउपालिका–४ लिब्रकी २४ बर्षिया रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ बर्षिय देबि कृष्णा कामी बिच दुई बर्ष सम्म प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम सम्बन्ध पछी दुबै जनाको सहमतिमा गएको माघ १३ गते बिबाह भएको रञ्जिताले बताईन ।

नेपालगंजमा रञ्जिता औषधी गर्न गएको बेला चिनचान भएको थियो । चिनचान पछी फोन मार्फत कुरा हुदै दुई बर्ष सम्म प्रेममा रहयौ । दुबैको सहमतिमा भागेर माघ १३ आफनो घरमा बिबाह भयो । अहिले दुबै जना खुसी छौ । ससुरालीहरुले हामी दुबैलाई जे गर्नु गरिहाल्यौ ज्वाई छोरीका रुपमा स्विकार गरेका छन माईति घरमा आउन अनुरोध गरेका छन । समय मिलाएर माइति घरमा जाने निधो दुबै जनाले गरेको देबी कृष्णाले बताए ।

छायाँनाथ रारा नगरपालिकाले अन्तरजातिय विवाह गर्ने जोडि लाई १२ औ नगर सभामा दलित निति पास गर्दै अन्तरजातिय विवाह गर्ने जोडि लाई एक लाख पोत्साह रकम उपलब्ध गराउने निती पास गरेको थियो । यसका बारेमा नगरपालिका कर्मचारी र जनप्रतिनधीले अन्तरजातिय बिबाह गर्ने जोडीलाई प्रोत्साहन कार्यक्रम रहेको आफुलाई थाहा थिएन । कर्मचारी र जनप्रतिनीधीले जानकारी दिए पछी आफुहरुले आबश्यक काजपत्र पेश गरेपछी यो रकम पाउदा दुबै जना सारै खुषि भएको त्यो जोडीले बताएका छन ।

नगरपालिकामा नगरप्रमुखको हातबाट एक लाख रुपैयाको चेक पाउदा सारै खुसि लागेको छ । आफनो श्रीमति १२ कक्षामा पढ्दै छिन नगरपालिकाबाट पाएको यो रकम उनको पढाईमा खर्च गर्छु देबी कृष्णाले हर्षित हुदै बताए ।

सामुदयिक सद्भाव कायम गर्नुका साथै जातिय बिभेद अन्त्य गर्नकालागी नगरपालिकाले आर्थिक बर्ष ०७९।०८०को निति तथा कार्यक्रम अनुसार नगर भित्रका अन्तरजातिय बिबाह गर्ने प्रत्येक जोडिलाई नगरपालिकाको १२ औ नगर सभाले पास गरेको दलित बिधयक अनुसार आर्थिक बर्ष ०७९। ०८० साउन १ गते देखि लागु हुने गरी नगरपालिका भित्र अन्तरजातिय बिबाह गर्ने जोडीलाई नगर प्रमुख स्वराजगार कार्यक्रम अन्तरगत प्राप्त निबेदन अनुसार एक एक लाख रकमको ब्यवस्था गरिए अनुसार पहिलो पटक योजोडीलाई एक लाख रकम उपलब्ध गराएको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए । अन्तरजातिय विवाह गर्ने कामीको जोडि लाई आज छायाँनाथ रारा नगरपालिकामा नगर उपप्रमुख एश्वर्य मल्ललेले फुल माला लगाएर स्वागत सम्मान गर्नु भएको छ भने नगर प्रमुख बिष्णु कुमार भाले एक लाखको चेक हस्तान्तण गर्दै कामी जोडि लाई पोत्साहन स्वरुप रकम उपलब्ध गराउनु भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

एक पटक पढ्नुहोस