काभ्रे । ग्याँस लिग हुँदा आगलागी भएको छ । बिहीबार बिहान गते ११ बजेको समयमा काभ्रे जिल्लाको बनेपा न.पा. १३ पुरानो साँगा बद्रिनाथ जोशीको ईट्टा र जस्ताले छाएको ३ तले घरको तेस्रो तल्लाको किचनकोठामा ग्यास लिग हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको सूचना आउने बित्तिकै तत्काल प्रहरी वरिष्ठ निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोलि आगो निभाउन खटिएका थिए ।
आगो निभाउन काभ्रेबाट प्रहरी उपरीक्षक को कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा १७ जनाको टोलि खटीएको थियो । बनेपा न.पा.को मिनी दमकल धुलिखेल
न.पा.को मिनी दम्कल र भक्तपुर न.पा.को मिनी दमकल समेत पुगि उक्त आगो निभाउने कार्य गरेको प्रहरीले जनाएको छ । आगलागी बाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।
