After header

मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

ललितपुरको गोदावरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गोदावरी नगरपालिका १० तखेलचोकमा मंगलबार साँझ पौने सात बजे बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुबै युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुली मरिणका २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी रहेका प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेको मोटरसाइकल सडक छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो।

गम्भीर घाइते भएका उनीहरुलाई उपचारका निम्ति पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

एक पटक पढ्नुहोस