नवलपरसी ।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ । स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
आइतवार दिउँसो घास काट्न जंगल गएका सासुबुहारी साँझ अबेरसम्म पनि घर नफर्किए पछि खोजी गर्ने क्रममा गए राति १० बजे जंगलमा दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए।
मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले स्थानीयले बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरे पनि पोष्टमाटम पछि मात्र यथार्थ खुल्ने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घटनाको बारेमा अनुसन्धान कार्य सुरु गरि दुवै शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिएको प्रहरीले जनाएको छ ।
