After header

मन्त्रीको गाडिमा आगजनी

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरिएको छ ।

रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन् । मन्त्री ज्वाला नेकपा एकीककृत समावादीकाे केन्द्रीय कमिटी बैठकबाट निस्किएका थिए । अहिले मन्त्री ज्वाला समाजवादीकाे बैठक भइरहेकाे स्थमै फर्किएका हुन् ।

मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले रबरको गोलि प्रहार गरेकाे थियाे । केही घाइते भएको स्थानीयले बताए । साे क्षेत्रमा ५० राउन्ड अश्रुग्यास प्रहार गरिएकाे छ ।

एक पटक पढ्नुहोस