After header

सेवाग्राहीले दुख नपाउनु भन्ने मेरो इच्छा ः सहायक प्रजिअ पौडेल

काभ्रे/  तपाई केही काम लिएर जिल्ला प्रशासन कार्यालय काभ्रेमा आउनु भको छ र तपाईको केही समस्या परेर काम भएन र फर्केनु भयो ? यदि यस्तो हो भने एक पटक सहायक प्रमुख जिल्ला अधिकारी ज्युलाई भेट्नु होस् यो भनाई बिहिबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा आउनु भएका भुम्लु गाउँपालिकाका एक जना ब्यक्तिको भनाई थियो । उनले भने न्याय नपाए गोर्खा जानु भनेको जस्तै जिल्ला प्रशासनमा आएर काम नभए सहायक प्रजिअ कहाँ गएपछि न्याय पाउने उनले सुनाए । आफ्नो केही काम र समस्या भएमा सहायक सर सुवास पौडेललाई भेटेपछि उहाँ आफै सबन्धित कोठामा गएर जनताको काम गरिदिनु हुने रहेछ उनले सुनाए ।

बिहिबार म जिल्ला प्रशासन कार्यालय धुलिखेलमा आउदाँ कार्यालयमा सेवाग्राही भरिभराउ हुनुहुथ्यो । म मेरो छोरीको नगरिकता बनाउने काम लिएर आएको थिई । मेरो नगरिकता अलि पुरानो थियो तर महिले त्यहि नगरिकताबाट अघिपछि पनि सहजै रुपमा काम गरिरहेको थिए । महिले नगरिकताका लागि सम्बन्धित वडाबाट सिफरिस सहित सबै कागजात राखेर सम्बन्धित कोठामा पेश गरी उनले भने । तपाईको पुरानो नगरिकता भएकाले हाम्रो कार्यालयमा अभिलेख भेटिएन र तपाईको छोरीको नागरिकता बनाउन मिल्दैन भनेर कोठा नं. ८ का सरहरुले भन्नु भयो उनले भने ।

महिले सरहरुलाई भनि मेरो पहिला बच्चाहरुको बनाउदा त्यहि भेटिने तर अहिले किन भेटिएन भन्दा उहाँहरुले नयाँ सिफारिस ल्याउन भनेर मलाई त्यहाँबाट फकाईयो उनले भने । म भुम्लु गाउँपालिका देखि आउनु पर्छ सर त्यो फाईल ति होला हेरिदिनु भन्दा उहाँहरुले छैन भनि फर्काउनु भयो । तर त्यहि गुनासो सहायक सरलाई सुनाउदा उहाँ आफै गएर सबन्धित कोठामा गई आफैले फाईल खोजेर अभिलेख भेटाई सहज गरिदिनु भयो र मेरो बच्चाको नगरिकता बन्यो उनले सुनाए । काभ्रे जिल्लामा अहिले सम्ममा यतिको जनताको सेवा र सुविधालाई सहज बनाउने सहायक प्रमुख जिल्ला अधिकारी उहाँ नै पहिलो हुनुहुन्छ होला उनले भने ।

म करिब पाँच घण्टा जिल्ला प्रशासन कार्यालयमा बसिरहदाँ सहायक सर आफ्नो कुर्सीमा नभई हरेक फाँटको कोठा कोठा पुगेर सेवाग्राहीलाई सहयोग गरिरहनु भएको देखि महिले । हामी जस्ता गाउँबाट अन्नपट मान्छे गाउँबाट आउदा उहाँ जस्तो ब्यक्ति यस कार्यालयमा रहुँजेल कसैले पनि काम नभई र दुख नपाउने उनले दावी गरे । उनले धन्यवाद दिँदै भने, “उहाँ जस्तो सहायक सिडिओ साब अनि अन्य सबै कार्यालयका कर्मचारी यस्तै भएको भए त गाउँघरका हामी जस्ता मानिसले कत्ति सहजै सेवा पाइन्थ्यो हजुर ।” सेवा गर्ने इच्छाशक्ति भए पदले नछेक्ने उनको भनाई थियो ।

उनी मात्रै नभई भुम्लु बाट नै आएका अर्का ब्यक्तिले पनि पहिलाको भन्दा अहिले सेवा लिन धेरै सहज भएको बताए । सबन्धित निकायका फाँटका कर्मचारीले राम्रो सेवा दिन आलाटाल गरेकाले जनताले दुख पाउने गरेका थिए अब यसबाट चै मूक्त हुने भईयो उनले सुनाए । सेवाग्रहीले सेवा सहज पाउनु भन्ने हाकिम भएपछि जनताले दुख नपाउने उनले सुनाए । यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल सगँ कुरा गर्दा उनले सेवाग्रहीले दुख नपाउनु भन्ने आफ्नो इच्छा रहेको बताए । साना तिना कुरामा हामीले सहज गर्न सक्छौ भने उहाँहरुलाई दुख दिएर होईन कसरी हुन्छ सहज गरेर पठाउने हाम्रो काम र कर्तव्य हो उनले भने । म पनि नेपाल सरकारले खटाएको एक कर्मचारी हुँ ।

पद भन्दा पनि यस जिल्लामा बस्दा र रहदा जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउनेहरुलाई दुख होईन उहाँलाई कसरी र के गर्दा सहज हुन्छ त्यसरी नै काम गर्ने हो ।जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई असहज भयो भने त्यसको तत्काल समधान कसरी गर्ने सकिन्छ यसमा म सधैव लागि पर्ने उनले बताए । सहायक प्रजिअ पौडेल काभ्रे आए पछि प्रशासनमा नागरिकले बिना झण्झट सहज रुपमा सेवा मात्र प्राप्त गरिरहेका छैनन् तल्लो स्तरका नागरिकका समस्या समेत उजागर हुन थालेका छन् ।

नागरिकका विभिन्न समस्यामा पौडेलले आफैँ सहजीकरण गरिरहेका छन् । नागरिकलाई दिइने सेवामा व्यापक सुधार आउनुका साथै जिल्लाका हरेक विषयमा सहजीकरण गरीरहेको उनले बताए । ‘‘काम गर्ने इच्छा शक्ति भयो र टिम स्प्रीट मिल्यो भने जुन सुकै कार्यालयमा नागरिकले दुःख पाउनै पर्दैन उनले बताए ।

एक पटक पढ्नुहोस