After header

प्रधानमन्त्रीलाई ईः ले बुझाए मागपत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज एक कार्यक्रमको बिच ईः ले ज्ञापनपत्र बुझाएका छन् ।
सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा गरेका सामाजिक अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सो ज्ञापनपत्र बुझाएका हुन् ।

पैदलयात्राको १० औं दिन ईः सहितको टोलीले कलंकीदेखि सिंदरबारसम्म पैदलयात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो । तर, सोमबार प्रजातन्त्र दिवसको बिदा परेकाले उनीहरुलाई बालुवाटार बोलाइएको थियो । त्यसपछि प्रहरीले ईः, सौरभ न्यौपाने (चाउ), युजनराज भण्डारी, रक्षा बम, सुजन गिरी लगायतलाई बालुवाटार लगेको थियो ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ईःले पाँच पृष्ठको मागपत्र सुनाएका थिए । त्यसमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरुको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको थियो ।

मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको बताएका ईःले जानकारी दिए । अभियन्ता ईः ले २८ माघमा लुम्बिनीबाट पैदलयात्रा थालेका थिए ।

एक पटक पढ्नुहोस