After header

लागुऔषध खैरोहिरोईन किन्ने र बेच्ने दुई जना पक्राउ

 काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले लागुऔषध किन्ने र बेच्ने दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्यूरो काठामाडौ र जिल्ला प्रहरी कार्यालय धुलिखेलको संयूक्त टोलिले लागु औषध खैरो हेरोईन सहित पक्राउमा परेका मनोज जोसिले सोधपुछका क्रममा आफ्नो साथबाट बरामद भएको लागु औषध खैरो हेरोईन जिल्ला काभ्रेपलाञ्चोक पनौति न.पा. वडा न–५ तर्फ बस्ने नकुल प्रसाद तिमिल्सिना सँग खरिद गरी ल्याएको हो भनि बताए पश्चात बेच्ने तिमल्सिना सहित किन्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी डिएस्पी राजकुमार श्रेष्ठले जानकारी दिए ।

लागुऔषध ब्यूरोको सहयोगमा हामीले दुईजना पक्राउ गरेका छौं । त्यस मध्ये ग्राहक बनेर लागुऔषध किन्ने मनोज जोशिलाई लागुऔ्रषध ब्यरो काठमाडौ पठाईको र लागुऔषध बेच्ने तिमल्सिनालाई इलाका प्रहरी कार्यालय बनेपामा राखिएको उनले जानकारी दिए ।

काभ्रे पनौती न.पा.५ नैकिङटार बस्ने अं. बर्ष ४१ को नकुल तिमल्सिनाको घरमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध ब्यूरोबाट खटिएको प्रहरी टोली, जि.प्र.का. काभ्रेपलाञ्चोक र ई.प्र.का. बनेपाबाट संयुक्त रूपमा खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा निजको घरमा फ्रिज भित्र लुकाई छिपाई राखेको अन्दाजी ३८ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए ।

उनको घरकोठा खानतलासी गर्दा लागु औषध खैरो हेरोईन जस्तो देखिने –३८ ग्राम, डिजिटल तराजु थान –१, नेपाली नगद रु .३० हजार, निजको नामको नागरिकता को प्रमाण पत्र थान १ र मोबाईल थान –२ सहित निज तिमल्सिनालाई पक्राउ गरेको डिएस्पी सुवेदीले जानकारी दिए । निजलाई आजै काभ्रे जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाउने डिएस्पी सुवेदीले जानकारी दिए ।

एक पटक पढ्नुहोस