काभ्रे । नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) काभ्रेको यही चैत्र ३ र ४ गते १० औं अधिवेशन हुने भएको छ । आज बिहिबार पार्टी कार्यालय बनेपामा आयोजित पत्रकार सम्मेलन गदै अधिवेशनको तयारी र संगठनको विषयमा जानकारी दिएको थियो ।
समृद्ध काभ्रे निर्माण हाम्रो अभियान, सुदृढ कम्यूनिष्ट आन्दोलनका लागि दशौं जिल्ला अधिवेशन भन्ने मूला नाराका साथ हुन लागेको काभ्रे जिल्लाको अधिवेशनबाट कम्तीमा पनि ६० जना जिल्ला कमिटी बनाउने तयारी रहेको बताईएको थियो ।
हामीले विद्रोह गरेर पार्टी पुनगठन गरेको अढाई वर्ष पूरा भयो ।
यस अवधिमा विभिन्न आरोह र अवरोधहरु पार गदै आज हामी पार्टीको दशौं जिल्ला अधिवेशनमा लागेका छौं । हामीले स्थानिय तहको निर्वाचन तथा आम निर्वाचन जस्ता दुई महत्वपूर्ण कार्यभारमा समय खर्च गर्नुपरेका कारणले पार्टीको सम्मेलन तथा अधिवेशन गर्न ढिला भयो पार्टी सयोजक बसुन्धरा हुमागाईले भने । यो दशौ अधिवेशनपछि गाउँपालिका तथा नगरपालिका र सबै वडाहरुमा पार्टी संगठन सुदृढीकरण तथा सदस्यता विस्तारमा लाग्ने उनले बताए ।
काभ्रे जिल्लामा साढे दुई वर्षमा ३ हजार ९ सय ६६ संगठित सदस्य समेत रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । काभ्रेमा १ सय ३५ वडा मध्ये १ सय १७ वडाहरुमा पार्टी संगठन पुगिसकेको र जिल्लामा भातृ संगठनको रुपमा जिल्लाभर २२ वटा जनवर्गीय संगठन रहेको हुमागाईले जानकारी दिए । बाकी संगठन बनाउन रहेको वडाहरुमा यो दशौं अधिवेशन पश्चात पुन संगठन बनाउन लाग्ने उनको भनाई थियो ।
यस दशौ अधिवेशनमा १ सय १७ वडाबाट अधिवेशनमा वडा, नगर, गाउँ तथा जनवर्गीय संगठनहरुबाट संगठित पार्टी सदस्य संख्याको अनुपातमा ४ सय ७६ जना प्रतिनिधिहरु निर्वाचित भई जिल्ला अधिवेशनमा सहभागि हुने उनले बताए । अब बन्ने जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशत संलग्नता हुने उनले दावी गरे । जिल्ला कमिटी ५५ देखि ६१ जना सदस्यीय भित्र ३३ प्रतिशत महिलाहरुको पनि सहभागिता हुने उनले बताए ।
उत्पीडित,दलित समुदाय, अल्पसंख्या तथा अति सीमान्तकृत समुदाय र अपागंता भएका ब्यक्तिको समेत अब बन्ने जिल्ला कमिटीमा प्रतिनिधित्व हुने उनले दावी गरे । अधिवेशन पछि काभ्रे जिल्लामा पार्टी संगठित सदस्य १० हजार पु¥याउने लक्ष्य लिएको समेत उनले बताए । यही ३ र ४ गते हुन गईरहेको अधिवेशनमा उद्धघाटन सत्र अघि बनेपाको चारदोवाटोमा जम्मा भई नगर परिक्रमा गरि सभाहलमा प्रवेश गर्ने कार्यक्रम रहेको बताईएको छ ।
अधिवेशनको उद्धघाटन पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको जनाईएको छ । कार्यक्रम बनेपामा रहेको अरनिको सभाहलमा गरिने र उद्धघाटन सत्रमाको कार्यक्रममा पार्टीका महासचिव घनश्याम भुषाल समेत आउने जनाईएको छ । आज भएको पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज टोकबहादुर वाईवा, प्रचारप्रसार विभाग प्रमुख सरोज कुईखेल एवं पार्टीमा विभिन्न तहका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।