After header

दीपक मनाङेले एकीकृत समाजवादी छाडे्

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेका छन् । उनी स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका उनीले आज समाजवादी परित्याग गरेको जनाएका छन् ।उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन् । ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भनेका छन् ।

बिना कारण केन्द्रमा गठबन्धन फेरिँदा देशमा अस्थिरता मौलाएको उनको टिप्पणी छ । ‘बिना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ,’ उनले भने, ‘गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन सधैँ प्रतिबद्ध छु ।’

उनले केन्द्रको गठबन्धनले पनि एमाले र माओवादीलाई गण्डकीमा बहुमत पु¥याउन सहज नहुने बताएका छन् । नयाँ गठबन्धनले पनि बहुमत नपु¥याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने बताए ।

एक पटक पढ्नुहोस