काठमाडौं । आज शुक्रबार बसेको सुन प्रकरणको विषयमा छलफलका लागि बसेको मन्त्रीपरिषद्को बैठकले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्ने निर्णय भएको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बनाएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
