After header

भकुण्डे– तेमाल सडकको अनुगमन

बिस महिनामा बाईस प्रतिशत मात्रै काम

काभ्रे । काभ्रे जिल्लाको भकुण्डे तेमाल सडकको आज शुक्रबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति, सडक डिभिजन कार्यालय भक्तपुर र पत्रकारको टोलीले आज उक्त सडकको अनुगमन गरेको हो ।सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर्षमा सम्पन्न गर्ने भन्दै २०७९ साउन १६ गते सम्झौता भएको उक्त सडक समय सिमा सकिन करीब ४ महिना बाकी रहदाँ सडकको काम नभएको भन्दै विभिन्न सञ्चार माध्यमा समचार आएपछि जिल्ला समन्वय समितिको आयोजनमा भकुण्डे– तेमाल सडकको आज अनुगमन गरिएको थियो ।

भकुण्डेचोक देखि नारायणथान मेच्छे सम्म सडक पिच गर्ने आयोजनाको नाम भकुण्डे माछे– मुक्पाटार– तित्रेटार – माम्दीरोड आयोजना सडक स्तोन्नतीको काम भन्दै के.एस देवि रमण, तेज जु ललिपुर १५ ले भन्दै २०७९ साउन १६ गते २० करोड ८९ लाखमा सम्झौता गरी २०८१ साउन १५ गते भित्रमा सक्ने भनी सम्झौता गरेको आयोजना करीब चार महिना बाँकी रहँदा काम नै नभएको भन्ने जनगुनासो र विभिन्न सञ्चार माध्यममा समाचार आएपछि के रहेछ यर्थात भनेर सडकको अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जानकारी दिए ।

दुई वर्ष भित्रमा सक्ने भनिएको आयोजना आज २० महिना बित्दा करीब २२ प्रतिशत मात्रै काम भएको देखियो । हामीले स्थलगत अनुगमनमा सबै निकायले हेरौ । यो सडकमा ठेकेदार र सडक डिभिजन कार्यालय भक्तपुरको गैरजिम्मेवारीका कारण यो सडक अलपत्र परेको देखियो समन्वय प्रमुख गौतमले भने । ठेकेदारको लापर्वाहीले गर्दा पटक पटक भकुण्डे तेमाल सडक बनाउने भने पनि कागजमा मात्रै सिमित भईरहेको अनुगमनको क्रममा स्थानियहरुले जानकारी गराएका थिए । यस पटक पनि यहि नै हुने अवस्था आएको थियो तर समय सिमा नसकिदै सम्बन्धी निकायबाट अनुगमन आएकाले थेरै भएपनि अब सडक बल्ला की भन्ने आशा लागेको स्थानियहरुले जिसस प्रमुख सगँ गुनासो पोखेका थिए ।

नमोबुद्ध वडा नं. ४ का स्थानियले यस पटक पनि यो ठेक्काबाट काम नहुने पक्कापक्की भएको थियो । हामीले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत उक्त सडक निर्माणको काम त्रिवगतिमा हुन सकेन । तर यसपटक भन्ने हामी नै अचम्ममा परौं । यो सडक निर्माणको पटक पटक बजेट परेपनि काम नसकि कागजमा काम सकेर बजेट पचाएका थिए ।

हामी यस नमोबुद्ध वडा नं. ४ का स्थानियहरु हाम्रो सडकको बारेमा सम्बन्धीत निकायले सडक निर्माणको काम के कस्ता भईरहेको भन्ने बारेमा सडक निर्माण सुरुवात भएदेखि पहिलो पटक तपाईहरुले अनुगमन गर्न आएकाले अब सडक बन्छ कि भन्ने थेरै आशा पलायो स्थानियहरुले जिसस प्रमुख गौतम भने ।

अनुगमनको क्रममा भकुण्डे– तेमाल सडकको १३ किलो मिटर पिच हुने भनिए पनि आज समय सिमा सकिन्न लाग्दा जम्मा २२ प्रतिशत काम भएको देखिएको छ । सडक अनुगमनको क्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, तेमाल गाउँपालिका उपाध्यक्ष डि.एम लामा, सडक डिभिजनका प्रतिनिधि एवं विभिन्न सञ्चार माध्यमका प्रतिनिधि लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस