काठमाडौं । नेपाल प्रहरीले पाँच किलो सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । उनीहरु भारतीय नागरिक हुन् ।
गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरिएको प्रहरी को भनाई रहेको छ ।
