After header

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

धनगढी । एम्बुलेन्स दुर्घटनामा हुदाँ एकजनाको मृत्यु भएको छ । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल छन् । एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस