काभ्रे । बास्केटबल संघको आयोजनामा बनेपामा यहि जेठ २६ गते खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ । बनेपा हुने प्रतियोगितामा देशभरका २० भन्दा बढी टिमको सहभागिता हुने कार्यक्रम संयोजक शिव थापा मगरले बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित बनाउनुको साथै स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न र समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका प्रतियोगिता आयोजना गरिएको मगरले बताए ।एक दिवसीय खेलमा विजेता टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगदका साथै विभिन्न्न पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
काभ्रे बास्केटबल संघले विगतमा पनि यस्ता प्रतियोगिता गर्दै आएको छ । यस्ता प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योग्य बनाउने संघले जनाएको छ ।खुल्ला बास्केटबल प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको टिम दर्ता शुल्क रु ३ हजार राखिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
खेलकुदले केवल शारीरिक स्वास्थ्यमा मात्र नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । यस प्रतियोगिताले युवाहरुलाई अनुशासन, टीमवर्क, नेतृत्व क्षमताको विकास गर्ने मौका प्रदान गर्नेछ । यसैगरी, प्रतियोगिताले सामुदायिक भावना र आपसी सहयोगलाई बढावा दिने बिज्ञप्तीमा उल्लेख छ ।