काभ्रे । यतिबेला काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले काभ्रेका आम व्यवसयाी आफ्नो हकहितकालागि लागीपर्ने नेतृत्व चयन गर्न लागि परेका छन् । भोलि अर्थात जेठ १९ गते हुन गईरहेको निर्वाचनका लागि आम काभ्रेली व्यवसायी जगतका सबैका प्यारो र सबै व्यवसायीहरुको मनमुटुमा बस्न सफल अध्यक्षका बालियो उम्मेदवार प्रताप वैद्य ११ बुदें प्रतिवद्धता सहित चुनावमा होमिएका छन् ।
उनी सहित उनका प्यानल नै बनाएर चुनावी मैदानमा खटिएका छन् । लामो समय करीब २२ वर्ष देखि व्यसायी गदै आएका वैद्यले आम काभ्रीले व्यवसायीको मन जित्तेर अहिले सम्म कार्य समितिको सदस्य देखि वरिष्ठ उपाध्यक्ष समेत बनिसकेका छन् ।
सबै व्यवसायीहरुको आग्रह र अनुरोधमा उनले यस पटक अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिएका बताउँछन् ।
उनले पत्रकार सम्मेलन गरि आफूले नेतृत्व गरे पश्चायत सघंमा आवद्ध सबै व्यवसायीहको हितका लागि सबै ११ बुदें प्रतिवद्धता सहित सबै साथीहरुको हितका लागि नै आफू काम गर्ने बताएका छन् । उनले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति मार्फत जानकारी दिदै भने काभ्रेली उद्योगी व्यापारीहरुको हक हित र व्यवसायिक प्रबद्र्धनमा साधारण सभाले विशेष योजना बनाउने विश्वास व्यक्त भएको उल्लेख गरिएको छ ।
काभ्रेमा औद्योगीक वातावरण निर्माण गर्न, लगानी र नयाँ प्रविधि भित्राउन निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि आफूले भुमिका निर्वाह गर्ने विश्वास दिलाउन चाहन्छु ।अहिले काभ्रे उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । मुलुक आर्थिक मन्दीको चपेटामा परिरहेको छ । त्यसको प्रत्यक्ष असर काभ्रेका उद्योगी व्यापारीले पनि झेलीरहेका छन् ।
यो अवस्थामा काभ्रेका उद्योग व्यापारीसँग हातमा हात राख्दै र साथमा साथ लिदै म प्रताप वैद्य नेतृत्वमा काभ्रे उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गराइसकेका छौ । हामी यस्तो बिषय परिस्थितीमा उद्योगीले झेलीरहेको समस्या समाधान गराउन योजना बोकेर निर्वाचनमा होमिएका छौ ।
सरकारको तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त बनाउन तिब्र आर्थिक विकास र सुशासनसहितको उत्तरदायी राज्य व्यवस्थामा सघाउन काभ्रे उद्योग वाणिज्य संघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिवद्ध छौ ।
सम्पत्तिमा निजी क्षेत्रको हकलाई विश्वासिलो बनाउन, काभ्रेली स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर काभ्रेमा लगानीलाई आकर्षित गर्ने र काभ्रे उद्योग वाणिज्य संघलाई विश्वासिलो, भरपर्दो र गतिशिल बनाउने नै छौ । निजी क्षेत्रसँग जति धेरै सहकार्य ग¥यो त्यतिनै देशको आर्थिक विकास सम्भव हुन्छ । निजी क्षेत्र आर्थिक विकास र रोजगारीका लागि इन्जिन जस्तै भएकाले संघमा रहेर निजी क्षेत्रको हक हितका लागि काम गर्न प्रतिवद्ध छौ ।
पत्रकार साथीहरु मेरो काभ्रे उद्योग वाणिज्य सघंमा अध्यक्षको उम्मेदवारी किन भन्ने प्रश्नमा मेरो यी कामका लागि महिले प्रतिवद्धता सहित यी कामका लागि उम्मेदवारी दिएको हुँ । अरनिको राजमार्ग विस्तारले गर्दा व्यवसायीहरुलाई पर्ने समस्याको समाधानका लागी सरोकारवाला निकायसंग समन्वय गरी काम गर्ने हाम्रो मुख्य ध्येय रहनेछ ।
बजार अनुगमनामा उद्योग वाणिज्य संघको अनिवार्य सहभागीता सँगै प्रभावकारी ढंगले अनुगमन अगाडी बढाउने कार्यमा हामीले ठोस योजना बनाएर अघि बढ्ने छौ ।
युवा तथा महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी सक्षम उद्यमी बनाउने र स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकतमा राखेर अघि बढ्ने छौ । सुरक्षित ब्यवसायको लागी सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत र सुचारु राख्ने कार्यमा प्राथमिकतामा राखेर प्रहरी प्रशासनसँग पनि समन्वय गर्नेछौ ।
नेपाल कृषि प्रधान देश भएकाले हामी कहाँ उत्पादन भएका कृषि सामाग्रीलाई जोड दिँदै उत्पादन सँगसँगै बजारको सुनिश्चितता गर्ने कार्यमा उच्च प्राथमिकतामा राखेर कार्य गर्नेछौ । अन्य चेम्बर अफ कमर्स, सरकारी एजेन्सीहरू, स्थानीय, प्रदेश र केन्द्र सरकार संगै सामुदायिक संघसंस्थाहरूसँगको सहकार्यलाई प्राथमिकता दिँदै स्थानीय व्यवसायीहरूको लागि थप अवसरहरू सिर्जना गर्न स्रोतहरू पहिचान गर्ने कुरामा हाम्रो विशेष ध्यान रहनेछ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्यापारिक मेला महोत्सवमा स्थानीय व्यवसायी र उत्पादनलाई समावेस गराउन पहल गर्ने र त्यस्ता कार्यमा काभ्रेको उत्पादनमा विशेष ध्यान दिनेछौ । व्यापार – व्यवसाय संचालनका निम्ति बैङ्किङ कार्यका लागि सहजीकरण गर्ने र कर र मिसम्यासको समस्या समाधानका लागि अहोरात्र समय दिने हाम्रो प्रतिबद्धता रहनेछ ।
बन्द रहेका उद्योगहरुलाई संञ्चालन गर्ने बातावरण तयार गर्न पहल गर्ने र सदैव ब्यवसायीक हक हितको लागी मात्रै काम गर्ने हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ ।