After header

सचिवालय बैठक दिउँसो १ बजे बस्दै एमालेको

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उक्त बैठक बस्ने जनाईएको छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुने एमालेका एक नेताले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।

एक पटक पढ्नुहोस