काभ्रे ।अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड निरन्तरको वर्षाले रातीदेखि नै बन्द भएको छ । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि त्यसलाई निकाल्न नसकिएकोले अहिले सडक बन्द रहेको हो ।
खावा–धुलिखेल सडक खण्डमा अहिले दुइ पाँग्रे सवारी र एम्बुलेन्स जस्ता आकस्मिक यातायातका साधन रोकिएका हुन् । खुलाउने प्रयास भएपनि सडक विभाग र निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन् । उक्त सडक प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
ठेकेदार कम्पनीले समयमा काम नगर्नेले यतिबेला सो राजमार्ग भएर गुड्ने सवारी साधन र यात्रुले दुख भोगिरहेका छन् ।