After header

पहिरोले घर पुरिँदा कास्कीमा एक युवकको मृत्यु

काठमाडौं । पहिरोले घर पुरिँदा कास्कीमा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो ।

घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ ।

एक पटक पढ्नुहोस