After header

ओली ५ बजे प्रधानमन्त्रीमा नियुक्ति,शपथ सोमबार बिहान ११ बजे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्न लागेका हुन्।

शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल निवासमा हुने जनाईएको छ । संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रवार साँझ ओलीले दाबी पेस गरेका थिए। राष्ट्रपतिले दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मका लागि समय सीमा दिएका छन् ।

हालसम्म प्रधानमन्त्रीमा ओलीको मात्र दाबी पेस भएको छ । ओली चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि २०७२ साल असोज २५, २०७४ फागुन ३ र २०७८ सालमा प्रधानमन्त्री बनेका थिए ।

एक पटक पढ्नुहोस