काठमाडौं । जनता समाजवादी पार्टीका अशोक राईले दुई मत्रालय मागेका छन् । केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पुरानै मन्त्रालय मागेको जनाईएको छ ।
अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपालाई दिइएकै मन्त्रालयहरु मागेको उनी निकट एक नेताले बताए । ‘हामीले पुरानै मन्त्रालयहरु मागेका छौं । छलफल चलिरहेको छ’, ती नेताले भने ।
प्रचण्ड नेतृत्वको सरकारमा राई नेतृत्वको जसपाले स्वाथ्य र वन तथा वातावरण मन्त्रालय पाएको थियो । एमालेलाई साथ दिदै समर्थन फिर्ता लिएको जसपाले नयाँ मन्त्रिपरिषदमा पुरानै मन्त्रालयहरु दाबी गरेको हो । स्रोतका अनुसार, राईले मागेको मन्त्रालय संख्याप्रति ओली सकारात्मक नै छन् ।
‘अशोक राईलाई सँगै लिएर जान उहाँ (केपी ओली) तयार हुनुहुन्छ । तर मन्त्रालय कुन पाउने भन्ने छलफलबाट टुंगो लाग्छ’, एमालेका एक पदाधिकारी भन्छन् ।
