After header

तीन दलको निर्णयको ः ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।

माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले भने, ‘आइतबार विश्वासको मत दिदैनौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्थ्यो । ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बन्ने सहमति भएको पुनले बताए ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

 

 

 

एक पटक पढ्नुहोस