काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली आजै जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।
शुक्रबार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको निर्देशन पछि घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएका थिए । सोही अनुसार आजै बोर्ड बैठक बसी विद्युत् सुचारु हुने समेत बताइएको छ ।