काभ्रे । काभ्रे जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम अमेरिका प्रस्थान गरेका छन् । केही समय पछि हुन गईरहेको विश्व यूवा सम्मेलनको तयारीका लागि भन्दै उनी अमेरिका प्रस्थान गरेका हुन् । सोही अवसरमा अमेरिकाको कोलोराडोमा आयोजित स्वास्थ्य सम्वन्धी सम्मेलनमा समेत भाग लिन उनले जनाएका छन् ।
आगामी चैत्रमा काभ्रेपलाञ्चोक जिल्लामा आयोजना गर्न लागिएको अन्र्तराष्ट्रिय युवा सम्मेलनको तयारीको लागि आफू त्यसतर्फ गएको र त्यही अवसरमा १० दिने स्वास्थ्य सम्वन्धि कोलोराडोमा आयोजना हुँदैछ त्यसमा पनि आफू सहभागि हुने उनले जानकारी दिए ।
‘स्वास्थ्य सम्मेलनमा भाग लिए सँगै अमेरिकामा रहेका नेपाली युवाहरुसँगको भेटघाट आयोजना गरिएको समन्वय समिति प्रमुख गौतमले जानकारी दिए । काभ्रेपलाञ्चोक जिल्लामा विश्वका विभिन्न देशका युवाहरु सहभागि गराएर आयोजना गर्ने तयारी गरिएको विश्व युवा सम्मेलनको तयारी र सहभागिताका बारेमा छलफल हुनेछ ।’
अमेरिका लगायत विभिन्न मुलुकका युवाहरु उक्त सम्मेलनमा सहभागिताका लागि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउने गरी छलफल शुरु गरिएको प्रमुख गौतमले बताए ।सम्मेलनमा नेपालका तीन तहकै सरकारबाट युवाहरुको प्रतिनिधित्व हुनेछ । धुलिखेलमा आयोजना हुने सम्मेलन जिल्लाका प्रमुख शहरहरुमा केन्द्रित हुनेछ ।
अमेरिकामा आयोजित स्वास्थ्य सम्वन्धी सम्मेलनमा सहभागि भए लगत्तै एनआएरन लगायतसँग भेटघाट राखिएको गौतमले बताए ।नेपाल सरकार मन्त्री परिषद् मार्फत जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमलाई अमेरिकाको उक्त सम्मेलनमा सहभागिताका लागि निर्णय गरेको थियो ।
१० दिन लामो सम्मेलन पछि थप केहि दिन गौतम सोहि सम्मेलनको तयारीका लागि बस्ने सचिवालयले बताएको छ । नेपालबाट गौतम उक्त सम्मेलनमा सहभागि हुने एक्ला प्रतिनिधि हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद् बैठकले उनको भ्रमण स्विकृत गरेको थियो ।