काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलको अफिस टाइप नहुने बताएका छन् । आज संसद वैठकमा जारी प्रधानमन्त्रीसँग सवालजवाफमा सांसद दुर्गा राईले मध्यरातमा सहमति गर्नुको कारण सोधेकी थिइन् ।
उनले दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने प्रष्ट पारेका छन् । कांग्रेस र एमालेबीच मध्यरातमा सहमति भएको आरोपबारे जवाफ दिँदै उनले राजनीतिक दलको कुनै अफिस टाइम नहुने बताए ।