After header

बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय

काठमाडौं । सरकारले प्राकृतिक विपद् घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । हालै मात्र अर्थले सहमति दिएपछि सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो ।

तर, सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

विपद व्यवस्थापन कार्यकारी समितिको २१ वैशाख २०८१ मा बसेको २२ औं कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८१ अर्थ मन्त्रालयको सहमति प्राप्त गरी स्वीकृत गर्ने निर्णय गरेको थियो । तर अर्थ मन्त्रालयबाट राय प्राप्त नहुँदा त्यो स्वीकृत हुन सकेको थिएन ।

एक पटक पढ्नुहोस