After header

यस वर्ष एसईको नतिजा राम्रो आएन ः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष एसईको नतिजा राम्रो नआएको बताउदै अबका दिनमा विद्यार्थीहरुलाई माथिल्लो तहमा हैन जगनै बलियो हुने गरि पढाउन आवश्यक रहेको बताए ।आज शुक्रबार काभ्रेको धुलिखेलमा रहेको काठमाडौ विश्वविद्यालय (केयू)को २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै माध्यमिक शिक्षा परीक्षा (एसइई)मा राम्रो अङ्क ल्याउने गरी मावि तहका विद्यार्थीलाई अनलाईमार्फत शिक्षण गराउन आवश्यक रहेको बताए ।

अब विद्यार्थीको जग बलियो बनाउन मावितह देखि नै अनलाईन शिक्षणमार्फत विद्यालयको शिक्षा प्रभावकारी बनाइने बताए । उनले चिन्तित हुदै भने, “यस बर्ष एसईको नजिता राम्रो आएन, अबको परीक्षमा विद्यार्थीले राम्रो अङ्क ल्याउनेगरी अध्ययन गराउनुपर्छ, यसका लागि मावि तहमा अनलाइनमार्फत विशेष शिक्षण गराइनेछ” केयूका कुलपतिसमेत रहेका ओलीले भने । मावि तहमा गुणस्तरीय शिक्षा नभएका कारण नजिता राम्रो नआएकोबारे ‘चरम अन्याय’नै भएको जिकीर गर्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई थियो ।

प्रम ओलीले अनलाईन शिक्षणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल टेलिकमसँग छलफल भैसकेको समेत जानकारी दिए । अनलाइन शिक्षण के कसरी गर्न सकिन्छ, तत्काल यसका विधिका विषयमा अघि बढिनेछ । सुरुआतको चरणमा मावि तहका मुख्यमुख्य विषयमा अनलाइमार्फत विशेष शिक्षण गराइने र क्रमशः अन्य कक्षामासमेत यस्तो शिक्षण लैजान सकिने उनको बताए ।

्प्रम ओलीले यस बर्ष एसइईमा ५० प्रतिशतको हाराहारीमा देखिएको नतिजालाई विद्यार्थीको स्तर बढाएर ७० प्रतिशत पु¥याउने सरकारको योजनालाई सफल पार्न शिक्षकलाई आग्रह गरे । के कसरी इसइईमा राम्रो नतिजा आएन, यसबारे समीक्षा पनि गर्ने समेत उनको भनाई थियो ।

प्रम ओलीले केयूमा विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई आफुले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदूपयोग गर्न तथा समाजमा सुयोग्य नागरिक बन्न आग्रह गरे । तपाईंले अभिभावकको लगानीको प्रतिफल प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदूपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस् । सरकार समग्र शिक्षाको सुदृढिकरणका लागि थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने समेत उनले बताए ।

प्रम ओलीले उक्त समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे ।

यस्तैस्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साईन्सेज अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरियो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो । आज स्कुल अफ आर्टस्, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय १४ विद्यार्थी दीक्षित भएका छन् । दीक्षितमध्ये १ हजार १ सय ८६ अर्थात ५१ दशमलव २५ प्रतिशत छात्र र १ हजार १ सय २८ अर्थात ४८ दशमलव ७५ प्रतिशत छात्रा छन् ।

यस्तै आज दीक्षित हुनेमा अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडानका २ सय ४२ अथात् १० दशलमव ५ प्रतिशत छन् । विश्वविद्यालयबाट हालसम्म विभिन्न सङ्कायमा ४५ हजार ४ सय ३७ विद्यार्थी उर्तिण भएका छन् ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौ विश्वविद्यालय (केयू)मा रहेको ग्रीन हाइड्रोजन उत्पादत तथा रिफ्यूलिङ सेन्टरको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले केयूले ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेशनको सफलतापूर्वक परीक्षण सम्पन्न गरिसेकेपछि सेन्टर तथा हाइड्रोजनबाट सञ्चालन हुने कारकोसमेत आफैं चढेर उद्घाटन गरेका थिए । सो अवसरमा प्रम ओलीले केयूले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेशन निकै अनुकरणीय कार्य भएको समेत बताएका थिए ।

एक पटक पढ्नुहोस