After header

घामका उपासक सूर्यप्रसाद लाकोजू विमोचित

बिकुनारायाण ताम्राकार
काभ्रे । कवि सूर्य प्रसाद लाकोजूको चर्चित कविता कृति मेरो घाम नामक कवितासङ्ग्रहमाथि लेखिएको घामका उपासक सूर्यप्रसाद लाकोजू नामक समालोचना कृति एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराईले उक्त कृति लोकार्पण गरेका छन । साहित्यकार भीमप्रसाद काफ्लेद्वारा लिखित उक्त पुस्तक विमोचन गदै डा भट्टराईले उमेरमा आफूभन्दा कनिष्ठ तर लेखनमा बलिष्ठ भएकै कारणले यो पुस्तक प्रकाशन भएको बिचार पोखे ।

कवि सूर्य लाकोजूको मेरो घामभित्रका कविताहरू हृदयस्पर्शी भएका कारण ती कविताहरूका बारेमा पुस्तक नै लेख्नु सामान्य कुरा नभएको उनले बताए । लेखक भीमप्रसाद काफ्लेले मेरो घामले आफूलाई स्पर्श गरेकै कारणले यो पुस्तक तयार भएको प्रतिकृया दिए ।

त्यस्तै टिप्पणीकार तुयुकाजी ताम्राकारले सुन्दर कवितामाथि व्याख्यात्मक समालोचना भएको विचार व्यक्त गरे । कार्यक्रममा कवि सूर्य लाकोजू, विष्णु ओलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । सूर्यप्रसाद लाकोजू सिर्जना , साहित्यिक पत्रकारिता र साहित्यिक अभियानका त्रि वेणी हुन । उनै साहित्यकार , साहित्यिक पत्रकार, साहित्यिक अभियन्ता सूर्य लाकोजूको व्यक्तित्व र कवित्व झल्कने गरी सो पुस्तक तयार पारिएको हो । पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो ।

एक पटक पढ्नुहोस