After header

स्वकीय सचिव मार्फत दीपक मनाङेले बुझाए राजीनामा पत्र

पोखरा । स्वकीय सचिव मार्फत दीपक मनाङेको आफ्नो मन्त्रीपदबाट राजीनामा पत्र बुझाएका छन् । गण्डकी सरकारका मन्त्री दीपक मनाङेले सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन् ।

मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएका हुन् ।यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । आफ्नो मन्त्रालय फेरिएपछि असन्तुष्ट जनाउदै मनाङेले राजीनामा दिएको बुझिएको छ ।

एक पटक पढ्नुहोस