काठमाडौं । एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर घाईते भएको छ । पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका र एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बागलुङबाट पोखरा आउँदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो करिब ४ बजेको समयमा अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एम्बुलेन्समा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिएका छन् । उनका अनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । ‘एकजनाको अवस्था अलि सिरियस छ, २ जनाको अवस्था सामान्य छ’, उनले भने । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।