After header

सहकारी छानबिन समितिको प्रतिवेदन आज बुझाउने तयारी

काठमाडौँ । तिन महिना अघि संसदबाट गठन भएको सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आज बुझाउने तयारी गरेको जनाईको छ ।समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम टुङ्गो लगाइएको छ ।

‘१० बजे हस्ताक्षर हुन्छ । आजै प्रतिवेदन हामी बुझाउँछौँ,’ न्यौपानेले भनिन् । प्रतिवेदनलाई सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा पेस गरिनेछ ।समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो ।

एक पटक पढ्नुहोस