After header

रोशी गाउँपालिकामामा संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी रिमबहादुर तामाङले शाहीदहरुको बलिदानीले प्राप्त संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए ।

आवश्यकता र कमजोरीहरुलाइ पहिचाहन गरि संशोधन गर्नुपर्ने उनको भनाइ छ ।गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभापति दिनेश लामाले जनताको बलिदानीबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्नुपर्ने बताए । स्थानीय जनाता र स्थानीय सरकारलाई संविधानमै मजबुत बनाउदै लानुपर्ने लामाको भनाइ छ ।

ञसंविधान संशोधनको कुराहरू उठिरहेको छ । संविधान संशोधन गर्दै गर्दा स्थानीय तहलाई अझ मजबुत बनाउने र अझ अधिकार सम्पन्न बनाउदै लानुपर्छ ।झ गाउँपालिका अध्यक्ष लामाले भने, ञसंविधान संशोधनकोको नाममा स्थानीय तहले पाएको अधिकार कटौती गर्ने हो भने झन समस्या आउन सक्छ ।

महिला बालबालिका तथा उत्पिडित जनताको अधिकारलाई संरक्षण हुनेगरी संशोधन गरिनुपर्छ ।झ आगामी दिनमा स्थानीय तहलाइ बलियो बनाउनको लागि र संघीयतालाइ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्नको लागि संविधान पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने अध्यक्ष लामाको जोड छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले २००७ साल भन्दा अगाडि रैतिका रुपमा रहेका जनाता नै संविधानले आजको समाज बनाएको बताए । नेपाली जनताको लामो त्याग तपश्याले प्राप्त गरेको संविधान शिरोधार गरेर जनतालाई जनताको काम गर्न कर्मचारीहरुलाइ भन्तनाले निर्देशन दिए ।

रोशी–७ का वडाध्यक्ष अशोक गौतमले राजनीतिक दल र जनताको अथक प्रयासले बनेको संविधानलाई रक्षा गर्दै पूर्ण             कार्यान्वयन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवनको प्राङ्गणमा नेपालको झण्डोतालन गरिएको छ । प्रमुख अतिथि तामाङ, अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत भन्तना, प्रहरी निरिक्षक गिरि, वडाध्यक्ष गौतम लगायतले झन गरेका हुन ।

योजना शाखा प्रमुख राम लामाले सञ्चालन गरेको सो कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरिक्षक कृष्ण गिरि, जनप्रतिनिधिहरु, पालिकाका शाखा प्रमुखहरू तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस