After header

नौबिसे–काठमाडौं सडक पहिरोले अवरुद्ध

काठमाडौं । नौबिसे–काठमाडौं सडक पहिरोले अवरुद्ध भएको छ । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको हो । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

एक पटक पढ्नुहोस