After header

‘हनीट्रयाप’पछि हत्या ः आरोपी युवतीसहित काभ्रे प्रहरीद्धारा सार्वजनिक

काभ्रे । ‘हनीट्रयाप’पछि हत्या गरेको आरोपी युवतीसहित काभ्रे प्रहरीद्धारा हत्यामा सगग्लनता भएकाहरुलाई आज बुधबार सार्वजनिक गरेको छ । कीर्तिपुरका ५० बर्षिय विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्रउा परेका एक युवतीसहित पाँच जनालाई काभ्रेपलाञ्चोकको प्रहरीले आज सार्वजनिक गरेको हो ।

उक्त समूहले खड्गीलाई ‘हनीट्रयाप’मा पारी हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिईन् ।उनका अनुसार खड्गीलाई अपहरण गरेर सो समूहले रु पाँच लाख फिरौती लिएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

खड्गीको शव यही असोज गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ४९ किलो भन्ने ठाउँको झाडीमा भेटिएको थियो । घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन भएका खड्गीको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । घटनाको भोलिपल्ट परिवारले पहिचान गरेपछि उक्त शव खड्गीको भएको खुलेको प्रहरी उपरीक्षक खड्काले आज पत्रकार सम्मेलनमा जानकारी दिईन् ।

खड्काका अनुसार अनुसन्धानका क्रममा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषा महतको समूहले ‘हनीट्रयाप’मा पारे हत्या गरेको खुलेको हो । महतसँगै काठमाडौं शंखरापुर नगरपालिका–५ का २२ बर्षिय सरिन घिमिरे र २१ बर्षका रिकेश पौडेल, महोत्तरीको गौशला घर भई भक्तपुर कौसलटार बस्ने २० बर्षको आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर महादेवस्थान बस्ने १९ बर्षिय प्रतीक गौतमलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । खड्काले मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेके अनुसन्धानबाट खुलेकोसमेत उनको भनाई थियो ।

घटना बिबरण अनुसार असोज गते महतको राधेराधेस्थित कोठामा आएका चारजनाले खड्गीसँग फिरौतीको योजना बनाएका थिए । त्यसअनुसार महतले पहिल्यै चिनजान गरेको ५ गते विहान खड्गीलाई नागरिकता बनाउने बहनामा सहयोग मागेर बोलाएको र विहान ११ बजे आइपुगेका विनोदलाई मदिरा खुवाएर आफ्ना केटा साथीहरुलाई बोलाई कुटपिट गरेका थिए । घाइते खड्गीको हातखुट्टा बाँधेर फिरौतीको ‘बार्गेनिङ’ गरी सुरुमा रु ३० लाख मागेको र केही समयको विवादपछि रु खड्गीले रु ५ लाख ल्याइदिने बताएका थिए ।

त्यसलगत्तै खड्गीले बधशालाका कर्मचारीलाई रु ५ लाख रुपैयाँ ल्याउन लगाएको अनुसन्धानका क्रममा आरोपीलाई उद्धृत गर्दै प्रहरीले जनायो । प्रहरीका अनुसार सोही दिन साँझ पैसा पाएपछि सो समूहले हत्या गर्ने योजना बनाई खड्गीकै गाडीमा पाँचखाल ल्याउने क्रममा भक्तपुरको भित्री सडकमा लगेर ढुङ्गाले हानी हत्या गरेका बयानमा आएको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस