After header

धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने

काभ्रे । विपी राजमार्ग अन्र्तगत धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड काभ्रेको करीव ८ किलो मिटर सडक क्षति भएपछि उक्त सडक जोखिम भएकाले रात्रिकालिन सवारी साधन हाललाई बन्द गरिएक सिडक डिभिजन कार्यालय भक्तपुरले एक सुचना जारी गरेको छ ।

सुचनामा भनिएको छ, काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल– चौकीडाँडा– बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी– वर्षेखोला सडक खण्ड बन्द हुने जनाईएको छ । चौकीडाँडा– बर्षेखोला खण्ड पुर्ण रुपमा बगाएकोले हाल ट्याक निर्माण गरी यात्रुवाहक सवारी साधनहरुको लागि मात्र आवागवन खुलाइएको छ ।

एक पटक पढ्नुहोस