After header

कांग्रेस संसदीय दलको बैठक सकियो

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सकिएको छ । नयाँबानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा १७ जना सांसदले आफ्ना धारणा राखेका थिए भने अर्को बैठक माघ १८ गते पुन बस्ने जनाइएको छ ।

पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा रहेका मन्त्रीहरूको कार्यसम्पादन, सरकारले हालै ल्याएका अध्यादेश र प्रतिनिधिसभाको आसन्न अधिवेशनमा केन्द्रित रहेर सांसदहरूले धारणा राखेको प्रमुख सचेतक श्याम घिमिरले जानकारी दिए ।

उनले आज सबै सांसदले बोल्न नभ्याइएकाले १८ माघको बिहान साढे ८ बजे पुनः बस्ने गरी दलको बैठक स्थगित भएको उनको भनाई थियो ।

एक पटक पढ्नुहोस