काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटिले आईतबार देखि तीन महिने वडाकेन्द्रीत ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुवातमा बनेपामा नेताकार्यकर्तालाई अभिमुखीकरण गरिएको छ । पार्टीको चौँथो पूर्ण बैठकले आईतबारदेखि जरा अभियना सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जिल्लास्थित पार्टीका पदाधिकारी तथा जिल्लासदस्य लगायत अन्य नेताकार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराई तथा पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले अभियानकेन्द्रीत प्रशिक्षण दिएका थिए ।
सो अवसरमा भट्टराईले सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न नेतृत्वलाई निर्देशन दिए ।
यस्तै बाँस्कोटाले एमालेले जिल्लाको समृद्धीको स्पष्ट खाका तयार गरेको र सोही खाकाअनुसार बजेट विनियोजनमा निरन्तर लागिएकाले नागरिकको पक्षमा जनप्रतिनिधि थप केन्द्रीत रहन आग्रह गरे । अभियानमा केन्द्रीय नेता तथा जिल्लास्तरका नेताहरुले नेतृत्व गर्ने पार्टीको जिल्लाध्यक्ष राजन भुर्तेलले बताए ।
भुर्तेलका अनुसार अभियानका क्रममा बाँकी स्थानीय तह तथा वडा कमिटि अधिवेशन सम्पनन गर्दै जाने, आगामी चैत भित्र २०८२ सालसम्मको सङ्गठित सदस्य नवीकरण गर्ने, जनसङ्गठनको कमिटि बनाउने तथा युवा आकर्षित विभिन्न खेलर्का प्रतियोगिता आयोजना गर्ने, सरकारको समृद्धिको अभिायनलाई सफल बनाउने एजेण्डा अघि राखेर सम्बनिधत निकायमा दबाब दिइने र लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लाग्नेलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
अभियान जिल्लाको १३ स्थानीइ तहको उक सय ३५ वडामा आगामी बैशाख १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
