After header

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दल नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । यसअघि १८ गतेको बैठकमा प्रमुख विपक्षी दलको तर्फबाट प्रचण्ड बोल्ने तय भएको थियो । त्यतिबेला दलीय आधारमा बोल्ने समय तोकिने भएपछि प्रमुख विपक्षी दलबाट प्रमुख सचेतक हितराज पाण्डे बोलेका थिए ।

आजको बैठकमा भने पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले बोल्ने तय भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजेदेखि सुरू हुनेछ । आजको बैठकमा सरकारले यसअघि ल्याएका अध्यादेशहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

एक पटक पढ्नुहोस