After header

भतिजको उपचारमा आएका काका अस्पतालको शौचालयमा मृत भेटिए

कैलाली । भतिजको उपचारमा आएका काका अस्पतालको शौचालयमा मृत भेटिएका छन् । १७ महिनाको बालकलाई उपचार गर्न लिएर आएका उनी गएराति अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका हुन् ।

धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा उनी मृत भेटिएका थिए । १७ महिनाका भतिजा दिभान रानालाई उपचार गर्न आएका र आफै कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

शौचालय गएका युवक धेरै बेरसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

एक पटक पढ्नुहोस