After header

बाराको कमाण्ड सम्हालेका एसपी तामाङले एकमहिनामा साढे तीन करोड बढीको सामान बरामद

बारा । प्रहरीले चाहेमा र क्षमतावान जिल्ला कमाडर भयो भने शान्ति सुरक्षा कायम गर्न असहज हुदैन् । प्रहरी लोभ लाभमा नपरी प्रहरीको नारा सत्य, सेवा, सुरक्षण सम्झेर काम ग¥यो भने जिल्लामा हुने विभिन्न घटना आफै कम हुने यतिबेला जिल्ला प्रहरी कार्यालय बाराले देखाएको छ ।

करीब एकमहिना अघि सरुवा भएर गएका एसपी सन्तोष तामाङले बारा जिल्लाको कमाड सम्हाले लगतै दुई नम्बरी धन्दा गर्ने एवं अन्य कुर अपराध कम हुदै गएको स्थानिय बताएका छन् । यहि माघ १ड गते देखि जिल्ला कमाण्ड सम्हालेका उनीले एक महिना नबित्दै करीब साढे तीन करोड बराबरको अबैध सामान बरामद गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका युनिटहरूले एक महिनाको अवधिमा साढे तीन करोडभन्दा बढीको अबैध सामान बरामद गरेको हो । बाराका प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेपछि माघ १८ यता फागुन २० गतेसम्म विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको ३ करोड ५८ लाख ४० हजार ६ सय ५९ रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यही अवधिमा प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले ३ सय २० किलो ३ सय ९ ग्राम गाँजा,२९ किलो ४ सय ५१ ग्राम अफिम,१ सय ७० ग्राम ४ मिलिग्राम ब्राउन सुगर ओसार–पसारमा संलग्न नेपाली पुरूष २२ र भारतीय पुरूष ४, नेपाली महिला २ जना गरी २६ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

सोही अवधिमा ९ बिघा १ कट्ठा ५ धुर खेतमा लगाइएको १ लाख ८१ हजार बोट गाँजा खेती नष्ट गरिएको उनले जानकारी दिए । त्यस्तै डेढ कठा जग्गामा लगाइएको २० हजार बोट अफिम खेती नष्ट गरेको प्रवक्ता डिएसपी पण्डितले बताए । त्यसैगरी स्रोत नखुलेको ३ लाख २५२६ रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय कारोबारी पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको र कर्तव्य ज्यान मुद्दा १,सवारी ज्यान मुद्दा ७,लागुऔषध मुद्दा १७, साइबर अपराध मुद्दा १,अभद्र व्यवहार मुद्दा १७ गरी ४३ जनामाथि मुद्दा दायर गरी कारबाही गरिएको उनले जानकारी दिए ।

यो अवधिमा विभिन्न मुद्दामा दण्ड सजाय तोकिएर फरार भएका ८४ जना पक्राउ गरिएको र पक्राउ प्रतिवादीबाट १३ लाख ८६ हजार ८०० रुपैयाँ जरिवाना र १२ वर्ष,७ महिना,१४ दिन कैद भुक्तानी भएको पण्डितले बताए । जिल्ला प्रहरी कार्यालय बारामा परेका १ सय ४० उजुरी उजुरीमध्ये ८६ फछ्र्यौट, ५४ उजुरी प्रक्रियामा रहेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । महिला तथा बालबालिका एवम् ज्येष्ठ नागरिक सेवा केन्द्र अन्तर्गत सेवा प्रवाहतर्फ १३ वटा महिला हराएको उजुरीमध्ये ४ महिला फेला परेका छन्। १८ वटा बालबालिका हराएको उजुरीमध्ये ७ जना बालबालिका फेला परेका छन् ।

८३ वटा महिला हिंसा सम्बन्धी परेको उजुरी परेको तथ्यांकमा उल्लेख गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रतर्फ ७७ वटा घरेलु हिंसा सम्बन्धी परेका उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएका छन् ।समुदायिक कार्यक्रम अन्तर्गत साइबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम ५ वटा,सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १४ वटा, महिला हिंसा न्यूनीकरण सम्बन्धी ७ वटा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा १४ वटा विद्यालयमा जनचेतना,अनुशिक्षण कार्यक्रमबाट १ हजार २ सय १० जना लाभान्भित भएका छन् । त्यस्तै,२ वटा नागरिक सुनुवाइ र १ वटा अल्प संख्यकसंग प्रहरी कार्यक्रम सम्पन्न भएको उल्लेख गरिएको छ।अनुचित लेनदेन कारबाहीतर्फ उजुरी ३ वटा परेकोमा २ वटा फछ्र्यौट भएका छन् । यसमा पीडितको माग दाबी १४ लाख भए पनि ३ लाख ५६ हजारमा मिलापत्र भएको थियो ।

१३ थान हराएको मोवाइल फेला पारी मोबाइल धनीलाई बुझाइएको छ । माघ र फागुन महिनामा गरिएको ३९ सय २८ सवारी कारवाहीबाट कुल ३० लाख ४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ । प्रहरीले मदिरा बनाउने भट्टी १२ वटामा छापामारी ३ हजार २५५ लिटर तयारी मदिरा र ८ हजार ३०० लिटर कच्चा मदिरा नष्ट भएको छ ।

ब्रोइलर कुखुरा १ हजार २ सय १५ किलो बरामद गरिएको छ । १ लाख ५० हजार बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ । ९० हजार मूल्य बराबरको अबैध सालको काठ बरामद गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

एक पटक पढ्नुहोस